एसिया कप छनौट क्रिकेट : नेपाली टोलीले आज पहिलो अभ्यास खेल खेल्दै, श्रीलङ्कासँग भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र ६, बुधबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ६, काठमाडौं । एसिया कप छनौट क्रिकेट प्रतियोगिताको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज त्यहाँको स्थानीय क्लबसँग पहिलो अभ्यास खेल खेल्दैछ ।

नेपालले आज श्रीलंकाको प्रिमियर लिग क्लब आर्मी क्रिकेट टिमसँग पानागोडा मैदानमा अभ्यास खेल खेल्नेछ । खेल नेपाली समयअनुसार बिहान पौने १० बजेदेखि सुरु हुनेछ । खेल एकदिवसीय हुनेछ ।

श्रीलंकामा एक साता रहँदा नेपालले तीन फरक फरक क्लबसँग अभ्यास खेल खेल्नेछ । नेपालले आगामी शुक्रबार ब्लुमफिल्ड र आइतबार कोल्ट क्रिकेट क्लबसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागी टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउन पाउनेछ । त्यसपछि नेपाल सोमबार एसिया कप छनोट प्रतियोगिताका लागि मलेसिया प्रस्थान गर्नेछ ।

छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले एशिया कपमा भारत र पाकिस्तानको सिनियर टिमको सामना गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस