फेक न्युजको साहारामा काङ्ग्रेस विकासको विरोध गर्दैछ : सांसद बस्नेत

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ जेष्ठ २३, शुक्रबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २३, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुरको विकासबाट आत्तिएकाहरुले आफ्नो राजनीतिक भविष्य समाप्त हुने डरले विकासको विरोध गरिरहेको बताएका छन् । देशान्तरन्युजमा ‘भक्तपुरको सडकमा वृक्षारोपण नै नगरी ७५ लाखको विल पेश’ भन्ने शिर्षकमा निकालिएको समाचारको कडा रुपमा खण्डन गर्दै सांसद बस्नेतले उक्त समाचार नियोजित, प्रयोजित तथा भ्रामक भएको उल्लेख गरेका छन् ।

सांसद बस्नेतले भने , ‘विकास देख्न नचाहने, लामो समयदेखी भक्तपुरका जनताको विकास प्रतिको इच्छा र चाहनामा तुसारापात गर्ने, विकासमा समेत राजनीति स्वार्थ बोक्ने, भक्तपुरका जनताको विकास र समृद्धि प्रतिको चाहनामा कालो वादल लगाउने केही झुण्डहरुले झुट तथा भ्रामक समाचार सम्प्रेषण गरेका हुन् । तर जनताले दुधको दुध, पानीको पानी छुट्याएका छन् । भक्तपुरका जनताले त्यस्ता भ्रामक प्रचारको विश्वास गर्नेवाला छैनन् । झुटको खेती गर्ने आफै जनताको माँझ नाङ्गेझार हुनेछन् ।’

नेपाल सरकार वन तथा वातावरण विभागबाट सूर्यविनायक नगरपालिका अन्तरगत सूर्यविनायक चोकबाट राधेराधे तथा राधेराधेबाट जुडीबुटी पुलसम्मको अरनिको राजमार्गमा ग्रीनरी तथा उज्यालो राजमार्ग बनाउने कार्य भइरहेको छ । जसमा सूर्यविनायक चोकबाट रोधेराधेसम्मको ग्रीनरी गर्ने कार्य सम्पन्न भएको छ भने रोधे राधेदेखी जडीवुटी पुलसम्म आगामी असार भरमा सम्पन्न गर्ने गरी तिव्र गतिका साथ काम भइरहेको छ । जहाँ दुवो, विभिन्न प्रकारका विरुवा, रुख, आधुनिक होर्डिङ वोर्ड तथा सडक सोलार वक्ति समेत राखिएको छ ।

यसै प्रशंगमा उक्त अनलाईन मिडियाले भक्तपुरका विकास विरोधी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकटका केही व्यक्तिले प्रायोजित रुपमा समाचार संप्रेषण गरी भ्रमित पार्ने दुषित कार्य गरेको सांसद बस्नेतले आक्रोस व्यक्त गरे । विकासमा ऐक्यवद्धता र राजीनितमा प्रतिस्पर्धाको बाटोमा अघि बढि विगतका नेतृत्वले भक्तपुर र भक्तपुरका जनतालाई विकास प्रति वत्तिमुनीको अध्यारो बनाएको उल्लेख गर्दै उनले वर्तमान समयमा नेकपा नेतृत्व आएसँगै विकासको बाढी आएकाले त्यसबाट आफ्नो भोलिका दिनमा अस्थित्व मेटिने डरले झुटको खेतीमा लागेको स्पष्ट पारे ।

गौतम सप्लायर्स नर्सरीद्वारा सञ्चालित तथा अमित उपाध्याय र नरेश रञ्चितको समन्यवमा भइरहेको उक्त अरनिको राजमार्गमा ग्रीनरी गर्ने कार्यमा विभागबाट प्राप्त रकममा हालसम्म टु कोर्टस् ग्रीलमा इनामेल २२२८।२१ स्क्वायर मिटर, माटो निकालेर फालेको २२३६।५९ क्वीव मिटर, ग्रीनरी निर्माण गर्ने ठाउँमा माटो भरेको २२३६।५९ क्वीव मिटर, चाईनीज दुवो रोपेको ५५९१।४९ स्क्वायर मिटर तथा विभिन्न प्रकारका विरुवाहरु समेत रोपिएको छ ।

जसमा निर्माण कम्पनीले ४९ लाख ९७ हजार दुई सय ४९ रुपैया मात्र माग गर्दै विल पेश गरेको छ । यसबाट के प्रष्ट हुन्छ भने विकाउको राजनीति तथा झुटको प्रचार भएको स्पष्ट देखिएको छ । उक्त समाचारमा पोष्ट गरिएको फोटोबाट नै प्रष्ट हुन्छ कि उक्त स्थानमा काम भएको छ । काम सम्पन्न भएको फोटो प्रकाशित गर्ने अनि काम नै नगरी भुक्तानी माग गरेको भनि झुटको खेती भएको स्पष्ट देख्न सकिन्छ । यथार्थ सूर्यविनायकदेखी राधेराधेसम्म निर्माण सम्पन्न भई नगरपालिकालाई संरक्षण्को लागि हस्तान्तरण गर्ने तयारी भइरहेको छ भने राधेराधेबाट जडिबुटी पुलसम्मको भने निर्माणको क्रममा रहेको छ । आगामी असारसम्ममा निर्माण सम्पन्न गर्ने गरी धमाधम काम भइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस