जेठ २४, काठामडौं । कोरोना संक्रमण ६८ जिल्लामा फैलिएको छ । शुक्रबार कर्णाली प्रदेशको हुम्ला, गण्डकी प्रदेशको गोरखाा र कास्की थपिएका छन् । हालसम्म कुल २९ सय १२ जना संक्रमित पुगेका छन् भने ११ जनाले ज्यान गुमाएका छन् । सुर्खेतमा शुक्रबार एक जनाले ज्यान गुमाएका छन् । शुक्रबारमात्र २ सय ७८ जना थपिएका छन् । कर्णाली प्रदेशमा मात्र एक सय जना थपिएका छन् ।