‘आम विद्यार्थीलाई गोलबद्ध गर्नसक्ने नेतालाई अनेरास्ववियूको नयाँ नेतृत्व’ : सुदेश पराजुली

  • अनलाइन केन्द्र
  • / अन्तरवार्ता /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

दुई विद्यार्थी घटक अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीबिच एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । दुई संगठनले एकिकृत संगठनको आन अनेरास्ववियू राख्न पनि सहमति गरिसकेका छन् भने केहीकेही कुरामा छलफल जारी राखेको छ । अनेरास्ववियु एकता प्रक्रिया बारे अनेरास्ववियु सचिव सुदेश पराजुलीसँग पत्रकार राज ढुङ्गानाले गरेको कुराकानी संक्षेपमा :-

  • दुई विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीको एकता प्रक्रिया टुंगिएकै हो त ?

अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी)को एकता नीतिगत रुपमा टुंगिसकेको छ, अब केही पदिय तथा नेताहरुको व्यवस्थापन विषय भने बाँकि रहेको छ, त्यो पनि अन्तिम चरणमा पुगिसकेको छ ।

  • अहिलेसम्म केके प्रगति भएका चाहिँ केके छन् ?

अहिलेसम्म, संगठनको नाम अनेरास्ववियू रहने कुरामा सहमति भैसकेको छ भने, अब संरचना रहने कुरा, नेपाल कम्युनिष्ट पार्टीले तोकेको केन्द्रिय कुरामा हामीले विधानमा नै समेटिसकेका छौं । संख्याको आधारमा कमिटि निर्माण गर्दा कति संख्यामा नेताकार्यकर्ताको व्यवस्थापन गर्ने भन्ने विषयमा आज टुगिंन सक्ने सम्भावना छ । र आज नै पार्टीमा प्रतिवेदन बुझाउने काम गर्ने भनेर कार्यदलका संयोजन माननीय मन्त्री रविन्द्र अधिकारीले हामीलाई हिजो जानकारी गराउनुभएको छ । अब अन्तिम चरणको प्रतिवेदन पनि पार्टीलाई बुझाईने र एकताको घोषणा गरिने छ ।

  • अनेरास्ववियू मा सहमति भएको छ । यस नाममा ह्रस्व र दिर्घ नामको तात्पर्य चाहिँ के हो ?

अनेरास्ववियु नेपालको विद्यार्थी आन्दोलनको बेला सबैभन्दा पुरानो विद्यार्थी संगठन हो । पुरानो विद्यार्थी संगठनको नाम अनेरास्ववियु हो । तेस्रो अधिवेशनपछि संगठनभित्र केही विभाजन आयो र त्यसपछि कोही अनेरास्ववियु, अनेरास्ववियू क्रान्तिकारी, अनेरास्ववियु पाँचौं, अनेरास्ववियु छैठौं लगायत भयौं । हामी सबैले मानेको तेस्रो अध्यक्ष विश्वकान्त मैनाली हो । अहिले सबै संगठन पुनः पुरानै मुल अनेरास्ववियुमा नै फर्किएका हौं । आज यु ह्रस्व दिर्घ लेख्ने कुरा भन्दा पनि फेरि एकता भयौं । हामी यो एकतामा नै खुसी छौं । सामान्य व्याकरणको हिसाबले पनि अनेरास्ववियुमा कुन यु अर्थात ह्रस्व/दिर्घ कुन सहि भन्दा अन्ततः पुरानै अनेरास्ववियू नै सहि भयो । र दिर्घ यू राखिएको हो ।

  • अनेरास्ववियू एकिकरणको अन्तिम चरणमा पुग्दा केन्द्रिय कमिटि कति हुने भन्नेमा विवाद जारी नै हो ?

केन्द्रिय कमिटिमा कति सदस्य हुने भन्ने विषयमा विवाद टुंगिएको छैन भनेर हाम्रा संयोजक माननिय मन्त्री रविन्द्र अधिकारीले जानकारी गराउनुभएको छ । मलाई जहाँ सम्म लाग्छ, दुवै संगठनको साथीहरुको व्यवस्थाका निम्ति ठुलै संख्यामा केन्द्रिय समिति सदस्य हुने भन्ने कुरा सुनिन्छ ।

  • एकिकृत संगठनको नेतृत्वको बारेमा अनेरास्ववियूभित्र अहिले भैरहेको बहस के हो ?

एकिकृत विद्यार्थी संगठन अनेरास्ववियूमा आकांक्षा देखाउनु कुनै ठुलो कुरा होईन । साथीहरुले कार्यदलमा आफ्नो दावेदारी प्रस्तुत गरिसक्नुभएको छ । मैले पनि हिजो मात्रै कार्यदलका संयोजक रविन्द्र अधिकारीसमक्ष आफ्नो दावेदावी प्रस्तुत गरिसकेको छु । दुईवटा पार्टीको एकताको सन्देशलाई व्यवस्थापन गर्न सक्ने, नीतिनीयमहरु समुदायसम्म पुर्याउन सक्ने र आम विद्यार्थीलाई गोलबद्ध गर्नसक्ने जस्ता विषय र इतिहासलाई जोगाउँदै वर्तमानमा टेकेर भविष्यको सुनिश्चित गर्न मेरो पनि आकांक्षा रह्यो र मैले दावेदारी प्रस्तुत गरेँ । अन्य साथीहरुको पनि त्यो आकांक्षा छ, त्यसलाई पार्टीले व्यवस्थापन गर्नेछ ।

कुराकानी अडियोमा सुन्नुहोस्

ताजा अपडेट

खोजी गर्नुहोस