कोरोना सङ्क्रमित युवक सम्पर्कविहीन भएपछि…..

Post Thumbnail

जेठ २४,काठमाडौँ । गोकुलगंगा गाउँपालिकाको क्वरेन्टीनमा राखिएका कोरोना सङ्क्रमित युवक सम्पर्कविहीन भएपछि खोजी कार्य जारी रहेको छ ।

सङ्क्रमित युवक शुक्रबार दिउँसोदेखि फरार रहेका छन् ।

गाउँपालिकाले निर्माण गरेको क्वरेन्टीनमा बसेका ती युवासँगै ११ जनाको स्वाब परीक्षणको लागि धुलिखेल पठाइएकोमा उनीहरुको रिपोर्ट नआउँदै गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारले सबैजनाको रिपोर्ट नेगेटिभ आएको भन्दै बिदाइ गरेर घर पठाएका बुझिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस