थप दुईको कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या १३ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २४, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

मृत्यु भएपछि परीक्षण गरिएका थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । डोल्पाका ५८ वर्षीय पुरुष र धनगढीकी ५५ वर्षीया महिलाको मृत्युपछि पिसिआर जाँच गर्दा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका पवक्ता डा विकास देवकोटाले बताए ।

डोल्पाका पुरुष दमको रोगी रहेको उनले जानकारी दिए । उनको २१ जेठमा मृत्यु भएको थियो । त्यसैगरी धनगढीकी महिला सेती अस्पतालमा २३ जेठमा डायलासीस गराउन आएको र मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनको मृत्युपछि परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको देवकोटाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस