गोरखामा एकै दिन १० जनामा कोरोना पुष्टि !

Post Thumbnail

जेठ २५, गोरखा । पहिलो पटक गोरखामा कोरोना संक्रमित फेला परेका छन् । गोरखाका १० जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा १० जनामा कोरोना संक्रमण फेला परेको स्वास्थ्य कार्यालय गोरखाका महामारी फोकल पसर्न नारायणबाबु अर्यालले जानकारी दिए ।

संक्रमितहरु गण्डकी गाउँपालिका ९ जना र पालुङटार नगरपालिका घर भई जिल्ला प्रहरी कार्यालयमा एक जना रहेको अर्याले बताए । संक्रमितहरु भारतबाट र काभ्रेबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस