भाद्र ५,काठमाडौँ । सबै स्थानीय तहमा बैंक वाणिज्य बैंकको शाखा पुर्याउने लक्ष्य भेट्टाउन सरकार असफल भएको छ ।
सरकारले बजेटमा नै ७ सय ५३ वटै स्थानीय तहमा वाणिज्य बैंक पुर्याउने लक्ष्य लिएको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकले देशमा सञ्चालित वाणिज्य बैंकहरुलाई आर्थिक वर्ष २०७४/७५ भित्रै स्थानीय तहमा शाखा खोल्न निर्देशन पनि दिएको थियो ।
यो समयसीमा कटेको एक महिना नाघिसक्यो । अझै ११६ वटा स्थानीय तहमा बैंक पुगेका छैनन् ।
मंगलबार अर्थ समितिमा गभर्नर चिरञ्जीवी नेपालले सबै स्थानीय तहमा बैंक पुर्य¥याउने लक्ष्य पुरा नभएको स्वीकार गरे । साथै चाडैं बैंकहरुलाई अर्को निर्देशन दिने बताए ।