(कोरोनाअपडेट) बिश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख नाघ्यो, भारतमा शनिबार ३ सयको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २५, काठमाण्डौ । विश्वमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख नाघेको छ । वल्र्डओमिटरका अनुसार आइतबार बिहान ६ बजेसम्म विश्वभर गरेर संक्रमणबाट चार लाख एक हजार ६ सय सात जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या ६९ लाख ६६ हजार चार सय ९० पुगेको छ ।

अहिलेसम्म सबैभन्दा बढी अमेरिकामा एक लाख १२ हजार भन्दा धेरैको मृत्यु भएको छ । गएको २४ घण्टामा ब्राजिलमा सबैभन्दा धेरै नौ सय १० जनाले ज्यान गुमाएका छन् भने अमेरिकामा सात सय ६ जनाले ज्यान गुमाएका छन् ।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर गरेर एक लाख २६ हजार भन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यसबीचमा सबैभन्दा धेरै ब्राजिलमा साढे २७ हजारभन्दा धेरैमा संक्रमण देखिएको छ भने अमेरिकामा साढे २२ हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । भारतमा शनिबार १० हजार भन्दा धेरैमा संक्रमण देखिएको छ । भारतमा शनिबार मात्रै १० हजार चार सय ३८ जनामा संक्रमण देखिएको हो ।

अहिलेसम्म त्यहाँ संक्रमणबाट ६ हजार नौ सय ४६ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या अढाई लाख नजिक पुगेको छ । शनिबार भारतमा संक्रमणको कारण दुई सय ९७ जनाले ज्यान गुमाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस