बजेटमाथिको छलफल आज सकिने,सोमबार सबै मन्त्रीहरुले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ ५,काठमाडौँ । प्रतिनिधिसभामा आइतबार पनि विनियोजित बजेटमाथिको छलफल जारी रहने भएको छ । आइतबार राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयको बजेटमाथि छलफल हुने छ ।

आइतबार नै ऊर्जा, शिक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालयको विनियोजित बजेटको शीर्षकमाथि पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

आज सबै बजेटमाथिको छलफल सकिने छ । संसद सचिवालयको कार्यतालिका अनुसार सोमबार सबै मन्त्रीहरुले सांसदहरुले राखेका धारणा र जिज्ञासाको जवाफ दिनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस