‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन,भोकै परे खबर गरौँ’ : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान नपाएकै कारण ज्यान जाने अवस्थाको अन्त्य गरेको दाबी गरेका छन् । दोस्रो विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले भनेका छन् ‘हाम्रो संविधानले हरेक नेपालीका लागि खाद्य सम्बन्धी हक र खाद्य सम्प्रभुताको हक सुनिश्चित गरेको छ । नागरिकको खाद्य सम्बन्धी हकलाई परिपूर्ण बनाउँदै सरकारले ‘कोही भोकै पर्दैन, कोही भोकले मर्दैन’ भन्ने नीति तय गरी कार्यान्वयनमा ल्याएको छ। खान नपाएकै कारण ज्यान जाने अवस्थाको हामीले अन्त्य गरेका छौं ।‘

उनले खानेकुरा नभएर बालबालिकाले सडकमा माग्दै हिंड्नुपर्ने अवस्थाको अन्त्य गरी तिनीहरुको ब्यवस्थापन गरेको पनि बताएका छन् । ‘यदाकदा कोही भोकै रहने अवस्था आए राज्यको सम्बन्धित निकायसम्म खबर पुर्‍याइदिन पनि यस अवसरमा सबैमा आह्वान गर्दछु’, शुभकामना सन्देशनमा भनिएको छ ।

प्रधानमन्त्री ओलीले स्वच्छ खाद्यवस्तु उपभोग गर्ने नागरिकको अधिकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को हाम्रो राष्ट्रिय आकांक्षासँग गाँसिएको बताएका छन् । ‘त्यसैले सरकारले कोही भोकै पर्दैन, कोही भोकले मर्दैन भन्ने नीति अख्तियार गरी कार्यान्वयनमा ल्याएको हो’, उनले भनेका छन्

 

ताजा अपडेट

खोजी गर्नुहोस