साढे २ महिनापछि तोकियो सुनचाँदीको मुल्यः सुनको मुल्य हालसम्म कै महंगो, तोलाको कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

जेठ २५, काठमाण्डौ । नेपाल सुनचाँदी ब्यबसायी महासंघले लकडाउन सुरु भएयता पहिलो पटक औपचारिक रुपमा सुनचाँदीको मूल्य तय गरेको छ । महासंघले आजबाट नियमित रुपमा मूल्य तोकिने र आंशिक रुपमा सुन पसल खोल्ने जनाएको हो ।

महासंघले चैत्र १० पछि आज पहिलो पटक मूल्य तोकेको हो । जस अनुसार छापावाल सुनको मूल्य प्रति तोला ८७ हजार ४ सय तोकिएको छ भने तेजावी सुनको मूल्य प्रति तोला ८६ हजार ९ सय ६० तोकिएको छ । त्यस्तै चाँदीको मूल्य प्रति तोला ९२५ तोकिएको छ । चैत्र १० को तुलनामा छापावाल सुनको मूल्य प्रति तोला १० हजार ४ सयले बढेको हो भने चाँदीको मूल्य प्रति तोला २ सय ५ ले बढेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस