चीनद्धारा दुई दिनमा चारवटा भू–उपग्रहको सफल प्रक्षेपण

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २५, काठमाण्डौ । विश्वमा नासा र स्पेस एक्सको विषयमा चर्चा भइरहेका बेला चीनले भने दुई दिनमा चारवटा भू–उपग्रहको सफल प्रक्षेपण गरेको छ ।

गत मे ३० मा नासाले स्पेस एक्सको पाहिलो निजी अन्तरिक्षयान अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा पठाएको थियो । सोही दिन चीनले एकैपटक दुईवटा रकेट अन्तरिक्षमा पठाएको थियो । जसले दुईवटा भू–उपग्रह बोकेको थियो । त्यसकै भोलिपल्ट पनि चीनले रकेटमा दुई भू–उपग्रह अन्तरिक्षमा पठाएको थियो । ३६ घण्टाको अवधिमा चार भू–उपग्रह अन्तरिक्षको कक्षमा पुर्याइएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस