पूर्वराजदूत झा हत्या प्रकरण : ३ जनाको ‘पोलिग्राफ’ परीक्षण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ६, बुधबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

भाद्र ६,काठमाडौँ । पूर्वराजदूत केशवराज झा हत्या प्रकरणमा पक्राउ परेका ३ जनाको बुधबार प्रहरीले ‘पोलिग्राफ’ परीक्षण गरेको छ ।

घटनाको अनुसन्धान गरिरहेको महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको घरमा सेफको रुपमा कार्यरत् सानु तामाङ र दुई जना मालीको ‘पोलिग्राफ’ परीक्षण गरेको हो ।

यसअघि गत आइतबार राति थापाथलीस्थित आफ्नै निवासमा छुरी प्रहार गरेर पूर्वराजदूत झाको हत्या भएको थियो ।

घटनाको ३ दिन वितिसक्दा पनि प्रहरीले हालसम्म बलियो सुराक भेट्न नसकिरहेका वेला ३ जनाले दिएको बयान सही हो या झुठो भन्ने विषयको निक्यौल गर्न ‘पोलिग्राफ टेस्ट’ गरिएको छ ।

अनुसन्धानमा खटिएका एक अधिकारीले पोलिग्राफ टेस्ट भइसके पनि रिपोर्ट आइनसकेको बताए । ‘रिपोर्ट आएपछि थप केही खुल्ला’, ती अधिकारीले भने ।

झाको हत्या सम्बन्धमा विभिन्न कोणबाट अनुसन्धान भइरहेको महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस