विश्व स्वास्थ्य संगठन डब्लूएचओको टोली नै गोरखा !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ २६, सोमबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २६, गोरखा । प्रहरी हिरासतमा रहेका व्यक्तिमा समेत कोरोना संक्रमणको पुष्टि भएपछि यसबारेमा बुझ्नको लागि विश्व स्वास्थ्य संगठन डब्लूएचओ को टोली नै गोरखा पुगेको छ । आइतबार बिहान गोरखाका १० जनामा कोरोना संक्रमण भएको पुष्टि भएकोमा एक जना जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ बर्षिय युवकसमेत रहेका छन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार कालीगण्डकी गाउँपालिकामा पुष्टी भएका संक्रमितहरुको भन्दा पनि हिरासतमा रहेका यूवामा कसरी कोरोनाको पुष्टी भयोरु भन्ने बारेमा स्थलगत अध्ययन गरी तथ्यको खोजी गर्न डब्लुएचओ र गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रतिनिधी सहितको संयुक्त टोली गोरखा पुगेको हो ।

उक्त टोलीमा टोलीमा डब्लुएचओका डा। राजिव लालचन र स्वास्थ्य निर्देशनालयका नानीबाबु दानी सहित अन्य २ जना रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस