जेठ २६, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा भक्तपुर जिल्लामा तीन सय वटा भन्दा बढी विकाससका साना तथा ठूला आयोजनाहरु केन्द्रीय योजनामा पर्न सफल भएका छन् । भक्तपुरमा विकासको पर्यायवाची नामको रुपमा परिचित हुनुभएका सांसद बस्नेतले विभिन्न मन्त्रालयको वार्षीक कार्यक्रममा उक्त योजनाहरु समावेश गराउन सफल भएका छन् । उक्त केन्द्रीय रातोकितामा परेका तीन सय भन्दा वढी विकासका आयोजनाहरु जिल्लाको मध्यपुर थिमी नगरपालिका, सूर्यविनायक नगरपालिका तथा चाँगुनारायण नगरपालिका अन्तरगतका रहेका छन् ।