भ्रष्टाचारको अभियोगमा ब्राजिल फुटबलका पूर्वअध्यक्ष जेल चलान !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाडौं । ब्राजिल फुटबल संघका पूर्वअध्यक्ष जोसे मारिया मरिन जेल चलान भएका छन् ।

८६ वर्षीय मरिनलाई भ्रष्टाचारको अभियोगमा चार वर्षको जेल सजाय सुनाइएको हो । १।२ मिलियन डलर जरिवाना पनि सुनाइएको छ ।

सन् २०१५ मा जुरिचको एक होटलबाट फिफा अधिकारीहरु पक्राउ पर्दा उनी पनि थिए । कोपा अमेरिका प्रतियोगिताको प्रसारणका लागि सम्झौता गर्ने क्रममा घुस लिएको उनले स्वीकारेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस