भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा उड्ने सौभाग्य चाँडै पाउनुहुनेछ : मन्त्री भट्टराई

Post Thumbnail

जेठ २७, काठमाण्डौ । कोरोना महामारीको असर कम भएपछि भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले उक्त कुरा बताएका हुन् । प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले कोरोना महामारीको असर नभएको भए भैरहवा विमानस्थलबाट कतार जान पाउनेसमेत बताए ।

‘कोभिडको असर नभएको भए थुप्रै माननीयज्यूहरु भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट दोहा कतार उड्ने सौभाग्य पाउनुहुन्थ्यो । कोभिडको स्थिति कम भएको ६ महिनाभित्र भैरहवाबाट विश्वका जुनसुकै ठाउँमा जान सकिन्छ’ उनले भने ।

मन्त्री भट्टराईले त्रिभुवन विमानस्थलको सुदृढिकरणको काम अगाडि बढिरहको पनि बताए । त्यस्तै, ५४ वटा विमानस्थलहरुमध्ये ३४ वटा कालोपत्रे भएको र बाँकीको पनि कालोपत्रे, विस्तार र आधुनिकीकरण गर्दै जाने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस