धनगढी उपमहानगरपालिकाले कर घटायो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

भाद्र ७, कैलाली । धनगढी उपमहानगरपालिकाले ब्यक्तिगत घटना दर्तादेखि नागरिकता सिफारिस र फारम निःशुल्क उपलब्ध गराउने व्यवस्था लागू गरेको छ ।

धनगढी उपमहानगरपालिकाले तेश्रो नगरसभाबाट आर्थिक बर्ष २०७५/०७६का लागि पारित आर्थिक ऐन २०७५ मा व्यवस्था भएको निःशुल्क प्रवाह गरिने सेवाहरुको सूची सार्वजनिक गरेको हो ।

धनगढी उपमहानगरपालिकाले नागरिकता लिनका लागि गरिने सिफारिस तथा फारम निःशुल्क उपलब्ध गराउन सुरु गरेको छ ।

उपमहानगरपालिकाका आन्तरिक लेखा परीक्षक लेखनाथ ओझाका अनुसार नागरिकताका लागि गरिने सिफारिस शुल्कदेखि अस्पताल र औषधीका लागि गरिने सिफारिसहरु निःशुल्क दिन थालिएको छ ।

ब्यक्तिगत घटना दर्ता अन्तर्गत जन्म, मृत्यु, विवाह दर्ता, बसाईसराई निशुल्क गरिएको उप–महानगरपालिकाले जनाएको छ ।

अपाङ्ग परिचयपत्रका लागि गरिने सिफारिस, पेन्सन र सामाजिक सुरक्षा सम्वन्धी सिफारिस, कानुनी सहायताका लागि गरिने सिफारिस र सामाजिक तथा आर्थिक रुपमा पछाडी परेका बर्गका लागि गरिने सबै किसिमका सिफारिस निःशुल्क गरिएको धनगढी उपमहानगरपालिकाका आन्तरिक लेखा परीक्षक ओझाले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस