‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ घोषणा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

भाद्र ७, चितवन । यौनजन्य हिंसा रोक्न चितवनका विभिन्न सङ्घसंस्थाको पहलमा बुधबारदेखि ‘यौनजन्य हिंसा विरुद्धको साझा अभियान’ शुरु गरिएको छ । यौनजन्य हिंसाविरुद्ध समुदायलाई सचेत बनाउन अभियान थालिएको अभियानकी संयोजक मीना खरेलले जानकारी दिए।

देशका विभिन्न जिल्लामा बलात्कारका अपराध बढेकाले समाजलाई सचेत बनाउँदै नीतिनिर्माण तहसम्मै घच्घच्याउन सामूहिक अभियान शुरु गरिएको उनकोे भनाइ थियो । चितवनमा पछिल्लो एक सातामै दुई बालिकालाई सामूहिक करणी गरेको घटना सार्वजनिक भएको छ ।

यस्ता घटना रोक्न जिल्लाका विभिन्न २५ भन्दा बढी सङ्घसंस्थाको सक्रियतामा उक्त अभियान थालिएको । अभियानअन्तर्गत गाउँगाउँमा पुगेर सचेत बनाउने, घटनाको तथ्याङ्क सङ्कलन गरिने, यौनजन्य हिंसा प्रभावितको अवस्था अध्ययन गरी लक्षित समुदायलाई नै जागरुक गराउने, न्यायमा पहुँच पु¥याउने, कानून कार्यान्वयनमा दबाब दिने, पीडकलाई कारवाहीको दायरामा ल्याइनेलगायत कार्यक्रम गरिनेछ ।

यस्ता घटनाको प्रतिकार गर्न सक्ने समुदाय निर्माण गर्ने र घटना न्यूनीकरणका उपाय खोजीका लागि जनप्रतिनिधिहरुसँग बसेर छलफल गर्नुका साथै विद्यालयमा पुगेरसमेत विद्यार्थी सचेतना कार्यक्रम चलाउनेसमेत अभियानको उद्देश्य रहेको कार्यक्रककी सह–संयोजक सङ्गीता भट्टराईले बताउनुभयो । हिंसामा परेकालाई आवश्यक सहयोग र कानूनी सहायताका लागि ‘हेल्प डेस्क’ नै स्थापना गरी न्यायालयसम्म पु¥याउने उहाँले जानकारी दिनुभयो । महिला बलात्कार हुनुमा मदिरा, लागुऔषध र सामाजिक सञ्जाल कारक रहेको भन्दै अभियन्ताहरुले यसतर्फ सचेत हुनुपर्नेमा जोड दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लामा चालू आवमा मात्रै ११ वटा बलात्कारका घटना भएको छ । गएको वर्ष ६६ यस्ता मुद्दा दर्ता भएका थिए । रासस

ताजा अपडेट

खोजी गर्नुहोस