कारको ठक्करबाट बावु छोराको मृत्यु, दुई घाइते !

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ जेष्ठ २८, बुधबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २८, कैलाली । कैलालीमा बा ८ च २१०० नम्बरको कारको ठक्करबाट बावु छोराको मृत्यु भएको छ । जिल्लास्थित घोडाघोडी नगरपालिका १ सुखडमा मंगलबार राती साईकलमा रहेका घोडाघाडी नगरपालिका १ जनकपुरका २६ बर्षिया सोनिया चौधरी र उनका छोरा ५ बर्षिया कृष्टन चौधरीलाई कारले ठक्कर दिएको थियो ।

साइकललाई ठक्कर दिने कार र चालक हाल प्रहरीको नियन्त्रणमा रहेको र उक्त कारले से ५ प ५७०६ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुई जनालाई घाइते बनाइको थियो । ठक्कर दिएपछि भाग्दै गरेको कार अनियन्त्रित हुँदा साइकल सवार दुई जनाले ज्यान गुमाउनुपरेको प्रहरीले बताएको छ । घाइते मोटरसाईकल सवार दुई जनालाई उपचारकालागि काठमाडौं रिफर गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस