देवकोटाको ‘सितारा भरेको साडीमा’ सार्वजनिक (हेर्नुहोस् भिडियो)

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७५ भाद्र ७, बिहिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

भाद्र ७, काठमाडौं । गीतकार तथा गजलकार बिमला अधिकारी देवकोटाको शब्द सृजनामा नयाँ तिज गीत ‘सितारा भरेको साडीमा सार्वजनिक भएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा रहेर नेपाली समाजको हितमा सक्रिय रहेकी गायीका लक्ष्मी खरेल थापाले यस गीतमा आवाज दिएकी छिन् थापाले यहि गीतमार्फत नेपाली सांगीतिक बजारमा डेब्यु गरेकी हुन् । गीतमा चर्चित गायक तथा संगीतकार नरेन्द्र प्यासीले संगीत भरेका छन् ।

क्यालिफोर्नियाको बे एरियामा छायांकन गरिएको यस गीतको म्युजिक भिडियोलाई नेपाली चलचित्रका परीचित निर्देशक सुरेश दर्पण पोखरेलले निर्देशन गरेका छन् । नृत्य रीमा रेले सम्हालेकी छन् । सुरेशकै प्रोडक्सन हाउस मायाले प्रस्तुत गरेको यस भिडियोमा नेपाली चलचित्रकि चर्चित नायिका अशिष्मा नकर्मीले अभिनय गरेकी छन् ।

बे एरियामा नेपाली कम्युनिटी सेन्टर निर्माणार्थ सन्चालित ‘धार्मिक महोत्सव‘ को प्लस नाइन सभेन सभेनमा वाचन प्रविण पण्डित दीनबन्धु पोखरेलले यस गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

 

https://www.youtube.com/watch?v=M7DYyQ8P-C4

ताजा अपडेट

खोजी गर्नुहोस