अब बाइकमा २ जना चढ्न नपाइने, पैदल हिड्ने पाइने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३०, काठमाण्डौ । सरकारले सबै प्रकारका पैदल आवागमन सुचारु गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउनलाई खुकुलो पार्दै पैदल आवागमन गर्न दिने र साइकल तथा मोटरसाइकल चल्न दिने निर्णय गरेको हो ।

तर मोटरसाइकलमा चालक मात्र रहनु पर्ने र २ जना बस्न नपाइने निर्णय सरकारले गरेको छ । त्यस्तै उपत्यकाभित्र जोर विजोर लागू गरेर निजी सवारी सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको छ । गाडीमा चालक बाहेक दुई जना बस्न पाइनेछ । त्यस्तै उपत्यका बाहिरको हकमा जिल्लाभित्र मात्र चल्ने गरी निजि सवारी सञ्चालन गर्न पाइने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस