एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३०, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३०, काठमाडौँ । सरकारले माध्यमिक शिक्षा परीक्षा एसईईका विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिनेभएको छ ।

सरकारका प्रवक्ता डा युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने छ भने । विद्यालयले तयार गरेको नतिजा सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिमा पठाइने र त्यसले प्रमाणीकरण गरेर राष्ट्रिय परीक्षा बोर्डलाई पठाउनुपर्ने छ । त्यस नतिजालाई बोर्डले प्रमाणपत्र तयार गरी विवरणको व्यवस्था गर्ने जानकारी पनि प्रवक्ता खतिवडाले दिए ।

विद्यालयलाई जिम्मेवार बनाउन कठिन
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले माध्यमिक शिक्षा परीक्षा एसईई का बारेमा मन्त्रिपरिषद्को निर्णय पूर्ण रूपमा आएपछि मात्रै बोर्ड बैठकबाट यस विषयमा धारणा बनाउने प्रतिक्रिया दिए । विद्यालयले मनपरी तरिकाले विद्यार्थीको मूल्याङ्कन गर्न सक्ने र त्यसको प्रमाणीकरण गर्ने जिम्मेवारी मात्रै बोर्डलाई दिने हो भने सकारात्मक सन्देश जान कठिन हुने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस