प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण पुष्टि

Post Thumbnail

जेठ ३०,विराटनगर । शुक्रबार प्रदेश १ मा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । झापा, मोरङ सुनसरी, उदयपुर र इलाममा गरी ३० जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उदयपुरको बेलकामा ३ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । सुनसरीको देवानगञ्जमा एक महिला र एक पुरुष, सुनसरीकै हरिनगरमा २ जना, भोक्राहामा ६ जनामा संक्रमण देखिएको छ ।
यता शक्रबार प्रदेश १ बाट थप ८ जना कोरोना जितेर घर फर्किएका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ८ जना कोरोना जितेर घर फर्किएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस