पहिलोपटक सत्तापक्ष र विपक्षी नेताको मन माझामाझ !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ जेष्ठ ९, बुधबार (६ साल अघि)
  • ३६ पटक पढिएको
Post Thumbnail

जेठ ९,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलगायत सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलका नेताबीच आज भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटका क्रममा संसद् नियमावली, संसदीय समिति गठन, संसद्को अन्तरिम कायविधि, सरकारको नीति तथा कार्यक्रमलगायत समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सहमति गरेर अगाडि बढ्न प्रधानमन्त्री ओलीको अनुरोध

सो अवसरमा प्रधानमन्त्री ओलीले नियमावली बनाउने विषयमा सहमति गरेर अगाडि बढ्न प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गर्नुभयो ।

छलफलमा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव बिष्णु पौडेल, नेता सुवासचन्द्र नेम्वाङ सहभागी थिए । त्यसैगरी प्रमुख प्रतिपक्षी दलकातर्फबाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेताहरु कृष्णप्रसाद सिटौला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार र डा मीनेन्द्र रिजाल सहभागी थिए ।

सत्तापक्ष र विपक्षी नेताको मन माझामाझ

प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले पहिलो पटक विपक्षी दलका नेताहरुसंग भेट गरेका छन । पार्टी एकतापछि समान हैसियतमा रहेका प्रचण्ड भेटमा सहभागी रहेका थिए । सरकार बनेपछि र पार्टी एकतापछि पहिलो पटक विपक्षी दलका नेताहरु संगको भेटलाई अर्थपुर्ण रुपमा लिइएको छ । भर्खरै निति तथा कार्यक्रम आएको र केही दिनभित्रै आउदै गरेको बजेटको सवालमा समेत सहमती गरेर अघि बढ्न प्रधधानमन्त्री ओलीले आग्रह गरेका छन । यसैविच केही भलाकुसारी सहित मन माझामाझ भएको स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस