प्रदर्शनकारीले जव राष्ट्रिय गान बजाए…

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३१, काठमाण्डौ । केही दिनदेखि काठमाडौंमा जारी प्रदर्शन आज शनिबार पनि कायम छ । शनिबार बिहान १० बजेदेखि ११ः३० सम्म माइतीघरमा विरोध प्रदर्शनको कार्यक्रम थियो । सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै आन्दोलन गरिरहेका प्रर्दशनककारीहरु आज हातमा फूल लिएर सडकमा ओर्लिए ।

आजको प्रदर्शनमा सहभागी भएका एक युवाले हातमा माइलक लिएर राष्ट्रिय गान गाउन सुरु गरे । उनीसँगै आवाजमा मिलाएर सबै प्रदर्शनकारीले ‘सयौं थुंगा फूलका हामी एउटै माला नेपाली’ भन्दै राष्ट्रिय गान गाए । प्रदर्शनकारीले राष्ट्रिय गान गाउन थालेपछि प्रर्दशनलाई नियन्त्रण गर्ने पुगेका प्रहरी हेरेर बस्ने कुरै आएन । अनि उनीहरुले पनि एउटै पङ्क्तिमा उभिएर सेल्युट गरे । एसपी सुमेन्द्र सिंह राठौर प्रदर्शन नियन्त्रण गर्न खटिएका प्रहरीको नेतृत्व गर्दै थिए । जब राष्ट्रिय आन्दोलनकारीले सायौँ थुंगा फूलका हामी… भन्दै राष्ट्रिय गान गाउन थाले, त्यसपछि एसपी राठौरले सेल्युट गरे, उनले सेल्युट गरेको देखेपछि बाँकी प्रहरी पनि राष्ट्रिय गान अवधिभर सेल्युट गरिरहे । त्यसपछि आन्दोलन सकियो, प्रदर्शनकारीले हात हातमा बोलेका फूलका थुंगा प्रहरीलाई थमाएर बिदा भए ।

ताजा अपडेट

खोजी गर्नुहोस