संविधान संशोधन विधेयकको प्रस्तावमाथिको मतदान सकियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ जेष्ठ ३१, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३१, काठमाण्डौ । नेपालको परिवर्तित नयाँ नक्सा निशान छापमा समावेश गर्न नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ परित गरियोस् भन्ने प्रस्तावमाथि प्रतिनिधिसभामा मतदान सकिएको छ । शनिबार कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्सालाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्नका लागि ल्याइएको नेपालको संविधान दोस्रो संशोधन विधेयक, २०७७ पारित गरियोस् भन्ने प्रस्ताव मतदान भएको हो ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शिवमाया तुम्बाहाङ्फेले उक्त विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेकी हुन् । संशोधन प्रस्तावमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको समर्थन रहे पनि प्रक्रिया पूरा गर्नका लागि मतदान गरिएको हो । मतदान सकिएलगतै सभामुख अग्निप्रसाद सापकोटाले आफ्नो मत सच्याउन चाहनेलाई ३ मिनेटको समय दिएका छन् । अबको केहीबेरमा नै मतपरिणम सार्वजनिक गरिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस