असार १, धादिङ । धादिङमा कोरोना संक्रमितको संख्या ९२ पुगेको छ । धादिङको नीलकण्ठ नगरपालिकामा ९ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमित हुनेको संङ्ख्या ९२ पुगेको हो ।
भारतबाट फर्किएर बिभिन्न स्थानिय तहले निर्माण गरेको क्वारेन्टाइनमा बसेकाहरुमा कोरोना संक्रमण फैलदैँ गएको छ । हालसम्म धादिङको १३ स्थानिय तहमध्ये ९ वटा स्थानिय तहमा कोरोना संक्रमित भेटिएका छन् ।