सरकार विरूद्ध नेविसंघ पर्सा सडकमा !

Post Thumbnail

असार १,विरगञ्ज । सरकारको असक्षमताको विरूद्धमा नेविसंघ पर्सा सोमबार पनि सडकमा उत्रिएको छ । कोरोनाभाइरस नियन्त्रण तथा रोकथाममा १० अर्ब रूपैया खर्च भएको दाबी गर्ने सरकारले क्वारेन्टाइनमा बस्नेका लागि सामान्य व्यवस्था पनि गर्न नसकेको भन्दै शान्तिपुर्ण प्रदर्शनमा उत्रिएको नेविसंघ पर्सा जनाएको छ ।

‘सर्वसाधारणको घरभाडा, बैंक ब्याज, कर, विद्युत महशुल माफ गर’, ‘सर्वसाधारण उपचारको खोजमा, सरकारको भ्रष्टाचारको मौजमा’, ‘हन्ड्रेड पर्सेन्ट पिसीआर’, ‘कालापनी, लिपुलेक होम्रो हो’, ‘सरकार खैरु १० अर्बको हिसाब खै ?, ‘कर केका लागि ?’ लगायतका नारा लेखिएका प्लेकार्ड सहित नेविसंघ प्रदर्शनमा उत्रिएको थियो ।

वीरगञ्जस्थित घण्टाघरमा नेविसंघका जिल्ला सभापति विकास तिवारीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा, तरुण दलका मिकु सिंह, नेवि संघका पूर्व प्रदेश समिती सदस्य अभय कर्ण , नेता बाबुनन्द पटेल, जिल्ला सचिव समीर मंसुरी, उपसचिव रमेश यादव, सेराज अंसारी, राजेश पटेल, उपाध्यक्ष शेष हजरा, साबिर हुसैन, जिल्ला प्रवक्ता केशव राज मिश्र, तथा सदस्य प्रभास साह, सुधीर महतो, फिरोज अन्सारी, आका नेपाली संजय कुशवाहा, विट्टु पटेल, रंजन चौरसिया, विकास मण्डल लगायतको विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।

पूर्व प्रदेश समिती सदस्य अभय कर्णले हालको निकम्मा सरकारले विभिन्न बाचाहरु गरेर जनतालाई अझ दुखी बनाउँदै आएको प्रति रोष प्रकट गरेका थिए । क्वारेन्टाइनमा कुनै किसिमको विशेष सुविधा नराख्न सके पनि हामीले १० अर्ब कोरोना व्यवस्थापनमा खर्चेका छौ भन्ने सरकारको झुठो दावीको विरोध गरेका थिए ।

सम्बोधन गर्ने क्रममा जिल्ला सभापति तिवारीले अहिलेको ओली सरकारले कुनै किसिमको सुविधा दिन असक्षम भएको भन्दै आन्दोलनमा आउन बाध्य बनाएको बताए । आउने दिनमा सरकारले आफ्नो कार्यप्रणालीमा पारदर्शिता नल्याए आन्दोलनलाई निरन्तरता दिने जानकारी गराउँदै कार्यक्रमको समापन गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस