काठमाडौं महानगरको कडा निर्देशन : जथाभावी रुपमा सडकमा राखिएका सामग्री तत्काल हटाउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ८, शुक्रबार (६ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाडौं । काठमाडौं महानगरपालिकाले जथाभावी रुपमा सडकमा राखिएका सामग्री तत्काल हटाउन सबैलाई निर्देशन दिएको छ ।

महानगरपालिकाले सूचना निकालेर विभिन्न क्षेत्रमा राखिएका निर्माण सामग्रीका कारण पैदलयात्रुलाई असुविधा भएको, शहरी सौन्दर्यमा असर परेको, वातावरण प्रदुषण भएको भन्दै तत्काल हटाउन सबैलाई निर्देशन दिएको हो ।

निर्माण सामग्री तत्काल नहटाए नगर प्रहरीले सामान जफत गर्ने र त्यो सामान उठाउँदा लाग्ने खर्च समेत सम्बन्धीत व्यक्तिले तिर्नुपर्ने महानगरपालिकाले जनाएको छ । यस्तै पछि त्यो सामानको दाबी विरोध कसैले गर्न नपाउने सूचनामा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस