रुकुम घटनामा कारबाहीको सिफारिस

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७७ अषाढ २, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २, काठमाडौँ । गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले रुकुम पश्चिम चौरजहारी–८ सोतीमा छ जनाको ज्यान जाने गरी भएको घटना ‘क्रूर हत्या’ भएको निष्कर्ष निकालेको छ । समितिले घटनामा संलग्नमाथि जघन्य अपराध तथा जातीय छुवाछूत कसुरअन्तर्गत कानुनी कारबाहीको सिफारिससमेत गरेको छ ।

गृह मन्त्रालयले रुकुम पश्चिमको घटना छानबिनका लागि सहसचिव जीतेन्द्र बस्नेतको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गर्नुभएको थियो । सो समितिको प्रतिवेदनमा दुई नावालिगसहित ३४ जनालाई हत्या घटनाको प्रतिवादी बनाएको छ । हत्या घटनाको विस्तृत छानबिन गरी दोषीलाई कानुनबमोजिम कारबाहीका लागि फारिससहितको प्रतिवेदन मन्त्रालयमा पेस गरिएको मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तैं, नेपाल प्रहरीले समेत प्रस्तुत जघन्य अपराध घटनाको छानबिन र अनुसन्धान गरी दोषी देखिएका डम्बरबहादुर मल्ल, डिल्ली मल्ल, प्रेम ठकुरी, सन्तोष मल्ल, मोहन पुनमगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, विनोद मल्ल, लिपेन्द्र मल्लसहित ३४ जनालाई ज्यान मार्ने उद्योग मुद्दामा अनुसन्धान गरेको छ ।

सार्वजनिक पद धारण गरेको व्यक्ति जननिर्वाचित चौरजहारी नगरपालिका–८ का अध्यक्ष डम्बरबहादुर मल्लले टोपबहादुर मल्ल, मानबहादुर मल्ल र नेत्रबहादुर मल्ललगायतलाई फोन गरी कुटपिट गर्न युवा भेला पार्ने तथा चार किलोमिटर टाढा भागेका युवामाथि आक्रमण गर्न उत्प्रेरित गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस