चैते धान उत्पादन घट्ने

असार २, चितवन । उत्पादनको तयारीमा रहेको चैते धानबालीमा रोगको प्रकोपले उत्पादनमा ३० प्रतिशतभन्दा बढी ह्रास हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत राजन ढकालका अनुसार उत्पादन हुने अवस्थामा रहेको चैते धानबाली घाँटी मरुवा रोगको प्रकोपले गर्दा उत्पादन घट्ने अनुमान गरिएको हो ।

चितवन जिल्लामा २७ हजार ४४५ हेक्टरमा धान खेती गरिँदै आएकोमा सात हजार पाँच सय हेक्टर क्षेत्रफलमा चैते धान लगाइने गरिएको छ । यस पटक लगाइएका अधिकांश चैते धानबालीमा रोगको प्रकोप देखिएको हो । कृषकहरूको रोजाइमा रहेको हर्दिनाथ १– १४÷४२ मा यसको असर अन्यमा भन्दा बढी रहेको छ । ज्ञान केन्द्रका अनुसार यही जातको धान ७० प्रतिशतभन्दा बढीले लगाएका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाई चितवनका प्रमुख वरिष्ठ कृषि अधिकृत मेघनाथ तिमल्सिनाका अनुसार पूर्वी चितवनको धान जोन क्षेत्रमा उत्पादन लिने अवस्थामा रहेको हर्दिनाथ १– १४÷४२ धानमा घाँटी मरुवा रोगको प्रकोप छ । गत वर्षदेखि उक्त धानबालीमा समस्या देखिन सुरु गरेको हो ।

प्रमुख तिमल्सिनाले यस पटक चैते धानमा कृषकले बढी नै क्षति सहनुपर्ने अवस्था रहेको बताए । उनले कृषकलाई बाली बीमाले आकर्षण गर्न नसकेको कारण क्षति सहन गर्नुपर्ने अवस्था सिर्जना भएको हो ।

संम्बन्धित समचार

Leave a Reply