लद्दाखमा चीन र भारतीय सेनाको भिडन्त, तीन भारतीय सैनिक मारिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ २, मंगलबार (३ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २,काठमाडौँ । भारत र चीनबीचको विवादित सीमा क्षेत्र लद्दाखमा भएको झडपमा तीन जना भारतीय सैैनिकको ज्यान गएको छ । भारतीय सेना र चिनियाँ सेनाबीचको झडपमा एक जना कर्णेल र तीन जना सैनिक मारिएको भारतीय सेनाले पुष्टि गरेको बीबीसीले जनाएको छ ।

पूर्वी लद्दाख क्षेत्रको चार विवादित ठाउँमध्ये गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकको भिडन्त भएको भारतीय रक्षा मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी दिएको छ । केही समयअघि भारतीय सञ्चार माध्यमहरुले दुवै देशका सैनिक अधिकारीबीच वार्तापछि चिनियाँ सेनाले सैनिकको सङ्ख्या घटाएको जनाएका थिए ।

झडपको विषयलाई लिएर दुवै देशले आ–आफ्नै दाबी गरेका छन् । भारतीय सैनिकहरुले सोमबार दुई पटक सीमा रेखा पार गरेर चीनतर्फ आएको कारण झडप भएको चिनियाँ पक्षले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस