कोरोना अपडेट: आज संक्रमित ३८० मध्ये कुन जिल्लाका कति ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ २, मंगलबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २,काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा ८९ जना संक्रमित थपिएका छन् । यस्तै, दाङका ५६, रौतहटका ५२ जना, कैलालीका २३, बैतडीका २१, डोटी २०, धनुषा २१ सर्लाही १६, कञ्चनपुर ११ र गोरखाका १० जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै, अर्घाखाँची र बर्दियाका ९र९ जना, दैलेखका ५, रुपन्देही स्याङ्जा र सुर्खेतका ४र४ जना, नवलपुर, कास्की, सप्तरीका ३–३ जना, सुनसरी, सिराहा, पर्सा, तनहुँका २र२ जना तथा काठमाडौं, झापा, मोरङ, बाँके, पाँचथर, रोल्पा, बाग्लुङ, रामेछाप, सल्यान, अछामका एकरएक जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार अहिले देशभरका क्वारेन्टिनमा एक लाख ३७ हजार १४९ जना छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस