(कोरोनाअपडेट) विश्वमा सङ्क्रमितको संख्या ८२ लाख नाघ्यो, ४ लाख ४५ हजारबढीको मृत्यु !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ३, बुधबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३, काठमाण्डौ । विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ८२ लाख ५० हजार नाघेको छ । अहिलेसम्म ८२ लाख ५६ हजार २ सय ५७ जना सङ्क्रमित भएका वर्ल्डओमिटरले जनाएको छ । सङ्क्रमित भएकामध्ये झण्डै ४३ लाख निको भएका छन् । अहिलेसम्म ४३ लाख ६ हजार ८९ जना निको भएका हुन् । सङ्क्रमणका कारण ४ लाख ४५ हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।

यस्तै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । भारतमा ११ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८७ हजार ५ सय ५२ जना निको भएका छन् । विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमित हुनेमध्ये २२ लाख ८ हजार ४ सयसहित अमेरिकामा पहिलो स्थानमा छ भने ९ लाख २८ हजार ८ सय ३४ सहित ब्राजिल दोस्रो तथा ५ लाख ४५ हजार ४ सय ५८ सहित रुस तेस्रो स्थानमा छन् ।

विश्वभरमा अहिले ३५ लाख ४ हजार २ सय ३१ जनाको उपचार भइरहेको र तीमध्ये ५४ हजार ५ सय ९३ सङ्क्रमितको अवस्था गम्भीर रहेको वर्ल्डओमिटरले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस