भद्रकालीमा स्कुटर दुर्घटना, एक जनाको घटनास्थलमै मृत्यु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०७५ भाद्र ८, शुक्रबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ८, काठमाडौं । काठमाडौंको भद्रकालीमा शुक्रबार बिहान स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।

शुक्रबार बिहान सवा ४ बजे बा ९१ प ८१९ नम्बरको स्कुटर भद्रकाली पुल नजिकै सडक किनारको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा काभ्रेपलाञ्चोक शिखर आमबोडे गाउँपालिका ८ का २६ वर्षीय सञ्जिव लामाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

स्कुटरमा पछाडि सवार नामथर नखुलेका अन्दाजी २७ वर्षीय पुरुष ब्यक्ति गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भैरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस