लद्दाख भिडन्तपछि मोदीको सम्बोधन: भने-‘ज्यान गुमाउने सैनिकको बलिदानी त्यसै खेर जाँदैन’

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ३, बुधबार (३ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

असार ३, काठमाण्डौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाखमा भएको चिनियाँ सेनासँगको भिडन्तमा ज्यान गुमाउने भारतीय सैनिकको बलिदान त्यसै खेर जान नदिने बताए । लद्दाख भिडन्तपछि बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको र उक्साउने काम भएमा त्यसको जवाफ दिन तयार रहेको बताएका हुन् ।

पूर्वी लद्दाखको गलवान उपत्यकामा लाइन अफ एक्चुअल कन्ट्रोलको विषयलाई लिएर चिनियाँ सेनासँगको भिडन्तमा सोमबार राति २० जना भारतीय सैनिकको मृत्यु भएपछि मोदीको यो पहिलो अभिव्यक्ति हो ।

ताजा अपडेट

खोजी गर्नुहोस