प्रदेश सरकारद्धारा जडान हुने पिसिआर मेशिनको नारायणी अस्पतालद्धारा कोटेशन माग

Post Thumbnail

दिपु बर्णवाल

असार ४, वीरगञ्ज । प्रदेश २ सरकारले दिने भनिएको पिसिआर मेशिनको खरीद गर्ने गृहकार्यमा नारायणी अस्पताल कम्मर कसेर लागेको छ । कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न थप सहयोग पुग्ने मनसायले प्रदेश २ सरकारले वीरगञ्जको नारायणी अस्पताललाई थप एउटा पिसिआर मेशिन दिने घोषणा गरेको थियो । सोही अनुरूप नारायणी अस्पताल पिसिआर मेशिन खरीद गर्ने गृहकार्यमा जुटेको मेडिकल सुपरिटेंडेंट डाक्टर मदन उपाध्यायले जानकारी दिए । प्रदेश सरकारले निर्णय गरेर पत्राचार गरेपछि हामीले खरीद प्रक्रिया अगाडी बढाउछौ, हामीले पनी यता पिसिआर मेशिन खरीद प्रक्रियाका लागी कोटेशन लिने लगायतको गृहकार्य गरिरहेका छौ मेडिकल सुपरिटेंडेंट डाक्टर उपाध्यायले बताए । प्रदेश सरकार बाट पत्राचार आएपछी पिसिआर मेशिन खरीद गर्ने काम थप अघी बढ्ने डाक्टर उपाध्यायले बताए । केही दिन अगाडी
नारायणी अस्पतालमा किट अभावले कोरोना भाइरस चेकजाच बन्द भएको खबर पश्चात प्रदेश २ सरकारले महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस बाट बचाउ तथा रोकथामका लागी चेकजाचमा कुनै कमी हुन नदिन १८ सय ५० वटा आरडिटी किट सहयोग गर्नुको साथै थप एउटा पिसिआर मेशिन र भिटिएमको कुनै कमी हुन नदिने संघिय सांसद प्रदिप यादवको उपस्थितिमा प्रदेश २ सरकारका अर्थ राज्य मन्त्री उषा देवी यादवले घोषणा गर्नु भएको थियो । सोही अनुरूप पिसिआर मेशिन खरीद प्रक्रिया अगाडी बढाईएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस