कांग्रेस केन्द्रीय समिति बैठक आज

भाद्र ८, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठकमा महासमिति बैठक बोलाउने र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ ।

सभापति शेरबहादुर देउवाले भदौ मसान्तमै महासमिति बैठक बोलाउने तयारी गरेको दावी स्रोतले गरेको छ । सम्भवतः यही केन्द्रीय समिति बैठकले महासमितिको मिति तोक्नेछ ।

जेठ अन्तिममा भएको केन्द्रीय कार्यसमितिले भदौ मसान्तभित्र महासमिति बैठक गर्ने निर्णय गरेको थियो । तर, लामो समय विधान मस्यौदा समिति नै गठन नगर्दा बैठक लम्ब्याउन खोजेको आरोप देउवामाथि लाग्दै आएको थियो ।

बिहीबारमात्र सभापति देउवाले पार्टीको विधान संसोधनका लागि विधान मस्यौदा समिति गठन गरेका छन् । महामन्त्री पूर्णबहादुर खड्काको अध्यक्षतामा गठित विधान समितिमा नविन्द्रराज जोशी, डा. मिनेन्द्र रिजाल, आनन्दप्रसाद ढुंगाना, दिलेन्द्र प्रसाद बडु, रमेश लेखक, सीता गुरुङ, प्रदीप पौडेल, फरमुल्लाह मंसुर र मानबहादुर विश्वकर्मा सदस्य छन् । समितिले आगामी महासमिति बैठकमा पेश गर्ने विधानको खाका तयार गर्नेछ ।

संम्बन्धित समचार

Leave a Reply