थप दुई जनाको कोरोनाबाट मृत्यु, मृतकको संख्या २२ पुग्यो !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ४, बिहिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

असार ४, काठमाण्डौ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमित पुरुषको बुधबार मृत्यु भएको हो ।  अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरे। ’उहाँको ८ बजेर ५२ मिनेटमा मृत्यु भएको हो । गोदावारी नगरपालिका ४ निवासी ४६ वर्षीय उनमा गत जेठ ३२ गते संक्रमण पुष्टि भएको थियो । सुरूमा धनगढीको एक निजी अस्पतालमा भर्ना भएका उनलाई संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पताल रिफर गरिएको थियो ।

सुरूआतमै उच्च ज्वरो र स्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो। स्वास्थ्यमा कुनै सुधार नआएको र थप जटिल बन्दै गएपछि बुधबार अस्पतालले बिरामीलाई काठमाडौं रिफर गर्न प्रदेश सरकारलाई अनुरोध गरेको थियो ।

बुधबारै कैलालीको लम्कीचुहा नगरपालिका २ निवासी एक महिलामा पनि मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ । नेपालगन्ज मेडिकल कलेजमा उपचार क्रममा बिहान ११ बजे मृत्यु भएको उनको साँझ रिपोर्ट पोजेटिभ आएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए । न्यूरोसम्बन्धी समस्या रहेको उनलाई जेठ ३१ गते अस्पताल भर्ना गरिएको थिया े।

ताजा अपडेट

खोजी गर्नुहोस