भारतमा एकैदिन १३ हजार कोरोना संक्रमित थपिए

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७७ अषाढ ५, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाडौं । भारतमा एकैदिन १३ हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा भारतमा १३ हजार संक्रमित थपिएका हुन् । अनलक्ड–१ मा गएपछि भारतमा कोरोना संक्रमितको संख्या तिब्र गतिमा फैलिरहेको बीबीसीले जनाएको छ । पछिल्लो २४ घण्टामा ३४२ संक्रमितको मृत्यु भएको छ ।

भारतमा रेल सेवा सुरु भएसँगै कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा फैलिरहेको छ । सबैभन्दा धेरै कोरोना संक्रमण भएका देशको सूचीमा चौथो स्थानमा रहेको भारतमा हालसम्म ३ लाख ६६ हजार ९४६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । १२ हजार २३७ संक्रमितको ज्यान गइसकेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस