नेपालको आर्थिक वृद्धि २ दशमलव ३ प्रतिशत, आगामी वर्ष पनि ३ प्रतिशत मात्रै

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ५, शुक्रबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाण्डौ । एसियाली विकास बैंक एडिबीले यो वर्ष दक्षिण एसियाको वृद्धि ३ प्रतिशतले ऋणात्मक हुने प्रक्षेपण गरेको छ । एडिबीले एसियन डेभलपमेन्ट आउटलुक एडिओ प्रतिवेदन सार्वजनिक गर्दै एसियाको आर्थिक वृद्धिदर ६० वर्षयताकै न्यून बिन्दुमा पुग्ने प्रक्षेपण गरेको हो । परिदृश्य थप खराब भएन भने यो क्षेत्रमा अर्को वर्ष सन् २०२१ मा ६ प्रतिशतको वृद्धि हुने उसको प्रतिवेदन छ ।

यसअघि महाव्याधिकै बीच पनि एडिबीले यो वर्ष दक्षिण एसियाको वृद्धि ४ दशमलव १ प्रतिशत रहने आशावादी प्रक्षेपण गरेको थियो । तर, पछिल्लो दुई महिनाको मूल्यांकन गरेर वृद्धिको सम्भावना ७ दशमलव १ प्रतिशतले खस्किँदै ३ प्रतिशतले ऋणात्मक जोनमा प्रवेश गर्ने प्रक्षेपण गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस