करेन्ट लागेर तीनजनाको मृत्यु

सिरहा, कपिलवस्तु र नवलपरासी पश्चिममा करेन्ट लागेर तीनजनाको मृत्यु भएको छ । सिरहाको नराह गाउँपालिका २, पानबारी बस्ने रामजुलुम यादवको छोरी १३ वर्षीया सम्झनाकुमारी यादवको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घरमा रहेको मोटर जडान भएको कल चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै कपिलवस्तु महाराजगंज नगरपालिका ११, चौहट्टा बस्ने २३ वर्षीय सुरजकुमार भरको करेन्ट लागेर मृत्यु भएको छ ।

छिमेकीको घरमा पंखा बनाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि जिल्ला अस्पताल तौलिहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । त्यस्तै नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका ८ बद्रिघाट बस्ने ५० वर्षीया खजन्ती राजभरको करेन्ट लागेर मृत्यु भएको छ ।

टिनले छाएको घरमा अचानक विद्युत सर्ट भई करेन्ट लाग्दा गम्भीर घाइते भएकी उनको स्थानीय सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो ।

संम्बन्धित समचार

Leave a Reply