राप्रपा केन्द्रीय समितिमा विद्यार्थी संगठनको प्रतिनिधित्व गराउन राप्रविसंको माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ६, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ६, काठमाडौं। राप्रपा र राप्रपा (संयुक्त) बिच एकता भए पछि निर्माण भएको राप्रपा केन्द्रीय समितिमा विद्यार्थी प्रतिनिधित्व नभए पछि राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले राप्रपा केन्द्रीय समितिमा राप्रविसंको प्रतिनिधित्व हुने गरि विद्यार्थी संगठनमा लामो समय योगदान गरेकालाई केन्द्रीय समितिमा मनोनयन गर्नका लागि पार्टीलाई सिफारिस गर्न माग गरेको छ ।

राप्रविसं अध्यक्ष महेश बहादुर सिंहको सभापतित्वमा राप्रविसंको उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठकले उक्त निर्णय गरेको राप्रविसं केन्द्रीय महासचिव जनक बहादुर फडेराले जानकारी दिए।

बैठकले राप्रविसं (संयुक्त)सँग एकिकरण गर्न वरिष्ठ उपाध्यक्ष शशि कुमार भण्डारीको नेतृत्वमा ७ सदस्यीय वार्ता समिति निर्माण गरेको छ। उपाध्यक्ष निराजन बम, महासचिव जनक फडेरा, कोषाध्यक्ष ज्ञानु तामाङ्ग, प्रवक्ता छत्र खडायत, केन्द्रीय सदस्यहरु मंगा तामाङ्ग र राजु गैरे सदस्य रहेको समिति निर्माण गरिएको हो।

राप्रपा र राप्रपा (संयुक्त)को गतवर्ष फागुनमा भएको एकता पछि दुबै पार्टीका जनवर्गिय संगठनहरु बिच एकताको पहल भैरहेको सन्दर्भमा उक्त वार्ता समिति निर्माण गरिएको महासचिव फडेराले जानकारी दिए।

ताजा अपडेट

खोजी गर्नुहोस