हिमानी सिंहलाई रानी बनाउने तर सरिता गिरीलाई बुहारी बनाउन कठिन मान्ने ?

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७७ अषाढ ६, शनिबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले नागरिकता सम्बन्धि महत्वपूर्ण निर्णय गरेको छ । कुनै पनि बिदेशी महिलालाई नेपालमा बुहारीको रुपमा आईन् भने उनले अब ७ बर्षपछि मात्र नेपालको नागरिकता पाउने गरि सहमती भएको छ ।

यसमा नेकपाले सहमती जुटाएको छ । यसै सन्दर्भमा रहेर राजपा नेपालका सहमहामन्त्री डा सुरेन्द्रकुमार झासँग पत्रकार सञ्जिव रेग्मीले कुराकानी गरेका छन् :

डा साव नेकपाले कुनै पनि बिदेशी महिला नेपाल आएपछिको ७ बर्षपछि नागरिकता दिने निर्णय भएको छ, तपाईले अहिले बहसको रुपमा रहेको यो बिषयलाई कसरी लिईरहनु भएको छ ?
अहिलेको सरकारले परिवर्तनलाई स्वीकार गर्न नसक्ने र प्रतिगमनतिर उल्टो बाटोतिर हिँड्दै छ, खासगरी बर्षौदेखि, सदियौँ देखिका प्रावधानहरु हम्रो देशमा थियो ,सामाजिक प्रथा उच्चसम्मान थियो राष्ट्र निर्माणमा, यी सबै प्रावधानहरु भत्काउने, यसलाई बिबादित बनाउने कार्यमा सरकार उद्यत छ । जहाँसम्म नागरिकताको कुरा छ, अन्तरिम संबिधानमा सहमती भईसकेको बिषयहरु र त्यसमा पनि जुन पुरानो चलन चल्तीमा हाम्रो बैबाहिक, अंगिकृत नागरिकता दिने जुन चलन थियो । यसलाई सबैले स्वीकार गरेको थियो । तर अहिले ल्याएको यो प्राबधान स्वीकार्य छैन,यसले सामाजिक, साँस्कृति रुपमा असर गर्छ ।

अहिले ७ बर्षसम्म बसेको हुनुपर्ने कुरा चलिरहँदा तपाईको धारणा चै खास के हो ? बिदेशी नेपाल आएर उताको नागरिकता त्यागेपछि तुरुन्तै दिनुपर्ने हो ?

हाम्रो पोईन्ट त स्पष्टै छ नी, अन्तरिम संबिधानमा जुन सहमती भएको छ, त्यहि बिषयलाई अगाडी बढाउनुपर्छ । जस्तो कुनै पूरुषले बिदेशी नागरिक ल्याएपछि भोलिपल्टै उक्त देशको नागरिकता त्यागेर नेपालको नागरिकता पाउने ब्यबस्था थियो ।

दुई वटा देशको नागरिकता लिएर बस्न त मिल्दैन ? एउटा मूलुकको त त्याग्नुपर्छ होला नी त ?

मैले अघि नै भने, नेपालको विवाहको अबस्था हेर्दा अन्य देशमा पनि यस्तै छ, हाम्रो कुरा भारतसँग जोडिएको छ, नेपाल र भारतको जुन सामाजिक संस्कार छ, कुनै पनि महिला घरमा गईसकेपछि आमा बन्छिन्, बंश अगाडी बढाउँछिन्, उनी पनि एक सदस्य हुन् भन्ने आधारमा त्यसमा अंगिकृत नागरिकता दिनुनै गलत हो ।

राष्ट्रियताको सवालमा थोरै सजकता अपनाउनु पर्ला नि डाक्टर साब ?

हाम्रो राज्य सार्वभौमिता राष्ट्रियताको बिषयमा हामी निकै गम्भिर हुनुपर्छ । जो मान्छे नेपालमा जन्मिएको छ र उसले राष्ट्रियताको भावले बोल्नु नै पर्छ, मैले अर्को कुरा जोडे सरता गिरीको कुरा, बिचार राख्न पाउने अधिकार सबैको छ, कसैमा गल्ति भएको भए पनि सजाए पाउला तर राष्ट्रघाती को को हो थाहा त भयो नी । ठुला ब्यक्तिले बिहे गरेर ल्याउँदा हुने अनि साधारण परिवारका ब्यक्तिले बिहे गरेर ल्याएकोमा बिभेद गर्ने ? हिमानी सिंहलाई रानी बनाउन हुने ? तर सरिता गिरीलाई बुहारी बनाउन चै कठिन मान्ने ? त्यो चै दरिद्र मानसिकता हो , राजा महाराजाहरुले ल्याउँदा चै राजा हुने महारानी हुने तर सामान्य नागरिकले बिबाह गर्दा अंगिकृत नागरिकता भयो भनेर बिभेद गर्ने ?

अडियोसहित सुन्नुस् ।

ताजा अपडेट

खोजी गर्नुहोस