आइएमएस ग्रुपले नेपालमा ल्यायो अस्ट्रेलियाको उच्चस्तरीय बेबि ब्राण्ड ‘ड्रिमबेबी’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७७ अषाढ ६, शनिबार (३ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार ६,काठमाडौँ । बच्चाहरुको सुरक्षाका निम्ती प्रयोग हुने विश्व प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड ड्रिम बेबी अब नेपालका लागि एकमात्र आधिकारिक बितरक आइएमएस ग्रुप (IMS Group) अन्तर्गत आइएमएस टिल स्माइल्स (IMS Little Smiles) कम्पनीले ड्रिम बेबीका सामाग्रीहरु गत शुक्रबार भित्र्याएको छ । संसारभरि सयौं देशहरूमा फैलिएको, ड्रीम बेबीका सामानहरू अब नेपालमा पनि उपलब्ध गरिनेछन् ।

ड्रिम बेबीका सामानहरू विशेष रूपमा बच्चाहरुको हेरचाह रसुरक्षालाई मध्यनजर गरी डिजाइन गरिएका छन् । ड्रीमबेबीको सामानहरुःगेट, छेक्सनी, पोटी तालिमका सामान र खुवाउने सामाग्रीहरु सामेल छन् । यस बेबि ब्रान्डले धेरै अवार्डहरू जितेका छन् जस्तैः प्रिफर्ड च्वाईस अवार्ड (Preferred Choice Award), Award for Excellence, Top Choice Award, Product of the Year Award, Mom’s Choice Award, Mom’s Best Award, iParenting Media Award, National Parenting Product Awards, Family Choice Award आदि समावेश छ ।

ड्रीम बेबीका सामानहरू आईएमएस लिटिल स्माइल्स (IMS Little Smiles) शोरूम, सिटी सेन्टर, कमल पोखरीमा उपलब्ध हुनेछन् । साथै अनलाइन डेलिभरीको लागि नेपालको एक मध्ये सबैभन्दा ठूलो अनलाईन मेगा स्टोर स्मार्ट डोकोमा पनि उपलब्ध गराइनेछ । ग्राहकहरूलाई इन्ट्रोडक्टरी अफरको रूपमा ड्रीम बेबीका सामानहरूमा १० प्रतिशत छुट दिइनेछ । थप रूपमा, ग्राहकहरूले रु. ५००० वा पाँच हजार भन्दा बढीको सामान खरिद गरेमा डाक्टर ब्राउनको रु. ९८० मूल्यको ४ वटा पेसिफायर मध्य शिशुको उमेर र मनपर्ने रङ्ग अनुसार एउटा पेसिफायर प्राप्त गर्न सकिनेछ ।

डक्टर ब्राउन अमेरिकाको उच्चस्तरीय बेबी बोतल ब्राण्ड हो । यस ब्राण्डको उत्पादनहरू बोतल,खुवाउने सामानदेखि लिएर पेसिफाइर, सिप्पिकप र अन्य धेरै छन् । अफर यहि २०७७ साल असार २१ गते सम्म मात्र मान्यता हुनेछ । सो अवसरमा आइएमएस ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले भने– “नेपालमा अर्को अन्तर्राष्ट्रिय ब्रान्ड ड्रीम बेबीको वितरक प्राप्त गर्न पाउँदा हामी अत्यन्तै हर्षित र गर्व महसुस गर्दछौं । आमा–बुवाको प्राथमिकता भनेको नै बालबालिकाको सुरक्षा हुन्छ, त्यस कारण हामी हाम्रा नेपाली आमाबुबाको चिन्तालाई सम्बोधन गर्ने आशाको साथ ड्रीम बेबी नेपाली बजारमा उपलब्ध गराउन पाउँदा अत्यन्त खुशी छौं”

आइएमस ग्रुप एक स्थानीय व्यवसायिक समूह हो जसक अन्तर्गत २० भन्दा बढी कम्पनिहरु छन् । आईएमएस नेपालमा सामसङ्ग स्मार्टफोनको राष्ट्रिय वितरक हो । सन् १९९८ मा आधिकारिक रूपमा मोबाइलफोन आयात गर्ने यो नेपालको पहिलो कम्पनी हो । कम्पनीले विगत २७ बर्षमा विशाल उन्नती गरेको छ । जुन आईएमएस ग्रुपको कम्पनीहरूको संख्याबाट स्पष्टसँग देख्न सकिन्छ । कम्पनीले लक्जरी कोरियाली अटोमोबाइल ब्रान्ड साङ्योङ्गको डिलरसिप पनि प्राप्त गरेको छ । हालसालै नेपालका लागि डक्टर ब्राउन, क्रेन, हिमालय, बीबी लभ, एनर्जाइजर र डीजिआइ जस्ता अन्तर्राष्ट्रिय ब्रान्डहरूको डिलर शिप पनि प्राप्त गरेको छ । यसले शिक्षा, बैंकिङ, निर्माण, कृषि र अन्य धेरैमा आफ्ना सेवाहरू विस्तार गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस