७६ जिल्लामा कोरोना फैलियो : ओखलढुङ्गामा पनि देखियो, रसुवा अहिलेसम्म सुरक्षित !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७७ अषाढ ८, सोमबार (३ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ८, काठमाण्डौ । ओखलढुङ्गामा पहिलो पटक एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । लिखु गाउँपालिकाका एक २८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै ओखलढुङ्गामा कोरोना सङ्क्रमित भेटिएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए । सङ्क्रमित लिखु गाउँपालिकाको क्वारेन्टिनमा छन् । भारतको गोरखपुरबाट आएका ती युवकलाई सीधै क्वारेन्टिनमा राखिएको थियो ।

उनी एक हप्ताअघि जिल्ला आएका हुन् ।आइतबार पिसिआर रिपोर्ट आएका ६ जनामध्ये एक जनाको पोजेटिभ रिपोर्ट आएसँगै जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन् ।
यसअघि ओखलढुङ्गा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन । अव नेपालमा कोरोनाले नछोएको जिल्लामा रसुवा मात्रै रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस