पासबिना भित्रिने चालकलाई कारबाही सुरु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७७ अषाढ ८, सोमबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौँ । सवारी पासबिना उपत्यका भित्रिने सार्वजनिक सवारीका चालकलाई प्रहरीले कारबाही सुरु गरेको छ । नागढुङ्गा नाकाबाट भित्रिँदै गरेका चारवटा सवारी साधनका चालकलाई आइतबार पक्राउ गरी कारबाही थालिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालले सवारी पासबिना सार्वजनिक यातायातका सवारी सञ्चालन गरी चर्को भाडा असुलेको गुनासो आएकाले आवश्यक कानुनी कारबाहीका लागि चालकलाई पक्राउ गर्न थालिएको बताए ।

उद्धारका नाममा आफूखुसी लामो दूरीको सवारी साधन सञ्चालन गर्ने, सवारी पास नलिने र तोकिएको भन्दा बढी भाडा लिई यात्रु ओसारपसार गरेको आरोप प्रहरीको छ । पक्राउ पर्नेमा बाँके नेपालगन्जबाट आउँदै गरेको बा। ४ ख ४५८० माइक्रो बसका चालक राहुल डबगर, ना। ७ ख ७३९५ बसका चालक रुद्रबहादुर खत्री, बा। ४ ख ७३७३ माइक्रो बसका चालक विकाश शर्मा र झापाबाट काठमाडौँं आउँदै गरेको ना। ५ ख ५८३४ बसका चालक राकेश शाक्य छन् । काठमाडौँ उपत्यका प्रवेश गर्न तथा बाहिर जान सम्बन्धित निकायबाट जारी सवारी पास र बस तथा कारमा सवार व्यक्तिहरूको ‘पीसीआर’ परीक्षण रिपोर्ट अनिवार्य गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस