बिमस्टेकको चौंथो शिखर सम्मेलनको तयारी पूरा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ भाद्र ८, शुक्रबार (६ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

भाद्र ८,काठमाडौँ । सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास(बिमस्टेक) को चौंथो शिखर सम्मेलनको तयारी पूरा भएको जनाएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले बिमस्टेकको चौथो शिखर सम्मेलनको तयारीको काम अन्तिम चरणमा पु¥याइएको जानकारी दिएका हुन । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले शिखर सम्मेलनमा विशिष्ट पाहुनाहरु मंगलबारबाट नेपाल आउने क्रम सुरु हुने पनि जानकारी दिए ।

१४ गते होटल सोल्टीमा प्रधानमन्त्री केपी ओलीले अध्यक्ष राष्ट्रको हैसियतले शिखर सम्मेलनको उद्घाटन गर्नेछन ।

बिमस्टेक शिखर सम्मेलनमा आएका सदस्य राष्ट्रका सरकार प्रमुख तथा राष्ट्र प्रमुखहरुलाई १४ गते विहान राष्ट्रपति विद्या भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि तय गरिएको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

सम्मेलनमा आउनेमध्ये श्रीलंका र म्यानमारका राष्ट्रपतिले लुम्बिनी भ्रमण गर्नेछन ।

म्यानमारका राष्ट्रपति विन मिन्ट र श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले लुम्बिनीको भ्रमण गर्नु हुने परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए ।

शिखर सम्मेलनमा बिमस्टेकलाई प्रभावकारी बनाउने प्रतिवद्धतासहित काठमाडौं घोषणापत्र जारी गरिनेछ ।
भदौ १४ र १५ गते आयोजना हुने शिखर सम्मेलनमा सदस्य राष्ट्रका प्रमुखहरुबीच द्धिपक्षीय भेटवार्ता हुने कार्यक्रम पनि तय गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस